काठमाण्डौ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वलाई अहंकार नपाल्न सुझाव दिएका छन्। शर्माले ठुला दुई कम्युनिस्ट पार्टीबीचको एकताले लोकतन्त्र बलियो बनाउन मद्दत पु(याउने टिप्पणी गर्दै भने, ‘तर दम्भ जन्म्यो भने त्यसले विनाश निम्त्याउँछ।’ नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले थपे, ‘सत्ताको द्वन्द्वभन्दा सत्ताको दम्भ बढी खतरा हुन्छ, भोलि त्यो खालको अवस्था उहाँहरु ९नेकपा० भित्र मनोवैज्ञानिक रुपमा आउन सक्छ, त्यसैले त्यो बेलामा अहंकारको वृक्षमा विनाशको फल लाग्छ।’ पार्टी एकीकरणका क्रममा प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्तिप्रति शर्माले आपत्ति जनाए।‘एकता गर्दैगर्दा सबैभन्दा गम्भीर अभिव्यक्ति प्रधानमन्त्रीबाट हिजो आयो, मुलुकमा अब प्रतिपक्षी वा प्रतिस्पर्धी दल रहेन भनेर कुनै देशको प्रधानमन्त्रीले भन्छ भने त्यसको पछिल्तिरको मनोवैज्ञानिक पृष्ठभूमि के होरु कुन मनोविज्ञानले त्यो कुरा बोलियो’, प्रश्न गर्दै शर्माले थपे, ‘हामीले स्थापना गरेको संसदीय व्यवस्थामा प्रतिपक्ष हुँदैनरु’उनले जिम्मेवार राजनीतिज्ञले भावी पिँढीको चिन्ता गर्नुपर्ने बताउँदै थपे, ‘नेपाली कांग्रेसले भावी पिँढीको चिन्ता गरिरहेको छ। हामीलाई भावी पिँढीको चिन्ता छ, भावी नेपालको चिन्ता छ, भावी चुनावको चिन्ता छैन, प्रधानमन्त्रीजीलाई भावी चुनावको चिन्ता अहिलेदेखि नै सुरु भइसकेको छ।’ नेपाली कांग्रेसलाई रुपान्तरित गरेर ठीक समयमा निर्वाचन जित्ने र हार्ने कुराबारे बोल्ने शर्माले प्रस्ट्याए।





