सेमेष्टर प्रणालीलाई व्यवस्थित र दिगो बनाइने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिएका छन्।

त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरण ः अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोपयोगी बनाउनका दिगोरुपमा सञ्चालन गर्नुपर्ने बताए।

त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले अब कक्षाकोठाको सुधार गर्दै व्यवस्थित बनाएर सेमेष्टरलाई अघि बढाइने बताउँदै क्याम्पस एवं विभागबाटै परीक्षाको अन्तिम नतिजा दिनसक्ने व्यवस्था निर्माणका लागि परेको जानकारी दिए।

त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले सेमेष्टर प्रणालीले शिक्षक र विद्यार्थीबीच प्राज्ञिक सम्बन्ध स्थापित गर्ने र विद्यार्थीभित्रका विभिन्न सम्भावनालाई बाहिर उजागर गर्न मद्दत गर्ने बताए।

त्रिवि उच्चशिक्षा सुधार परियोजनाका संयोजक प्रा डा शंकरप्रसाद भण्डारीले सेमेष्टर प्रणालीलाई व्यवस्थित एवं उपयोगी बनाउनेतर्फ लाग्नुपर्ने बताए। कार्यक्रममा व्यवस्थापन संकायका डीन प्रा डा डिल्लीराज शर्मा, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा डा शिवलाल भुसाल, कानून संकायका डीन प्रा डा ताराप्रसाद सापकोटा एवं शिक्षाशास्त्र संकायका डीन प्रा डा कृष्णप्रसाद गौतमले सेमेष्टर प्रणालीलाई सबै तहमा अनिवार्य बनाउनुपर्छ भन्दै डीन कार्यालयलाई थप सशक्त बनाउन पदाधिकारीसमक्ष आग्रह गरे।

गोष्ठीमा सेमेष्टर प्रणाली पढाउने कक्षाकोठालाई कसरी प्रयोग गर्ने, पाठ्यक्रममा के कस्ता विषयलाई प्राथमिकता दिने, विद्यार्थीको उत्तरपुस्तिका मूल्यांकनलाई कसरी वैज्ञानिक एवं व्यावहारिक बनाउनेजस्ता विषयमा छलफल भएको थियो। सोही अवसरमा सेमेष्टेर प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी बनाउन त्रिविका आंगिक क्याम्पसका ३४ प्राध्यापकलाई तालीमसमेत दिइएको छ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित