Breaking News
Home > Blog > नरेन्द्र र मौसमीलाई रजत सम्मान

नरेन्द्र र मौसमीलाई रजत सम्मान

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ-छायाँछवि क्रियशनले यही जेठ १० गते आयोजना गर्न लागेको ‘डी सिने अवार्ड’ को अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ ।

छायाँछवि क्रियशनले ‘डी सिने अवार्ड’ को अवसरमा ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’, ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ (पुरुष/महिला) एवं ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ ।

यस वर्ष ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपालकै पहिलो चलचित्र ‘आमा’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हाँस्य साम्राज्ञीको उपमा पाएकी बसुन्धरा भूषाललाई प्रदान गरिने भएको छ ।

छायाँछवि क्रियशनले यस वर्षको पुरुषतर्फ ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जन र महिलातर्फ मौसमी मल्ललाई प्रदान गर्ने भएको छ ।

यस्तै, ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ श्याम अर्याललाई प्रदान गरिने निर्णय गरिएको छ । अर्याललाई नगद रु १० हजार १० रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।

जेठ १० गते राष्ट्रिय सभा गृहमा भव्य र सभ्य रुपमा अवार्डको आयोजना हुन लागेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1