विराटनगर — सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–३ भण्डारी टोलमा गोठ भत्कँदा स्थानीय एक महिलाको मृत्यु भएको छ ।
ढुंगामाटोले बनेको दुई तले गोठ भत्कँदा ३५ वर्षीया कल्पना बिष्टको थिचिएर बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका पति कुलबहादुर घाइते भएका छन् । गोठको पर्खालले थिचिएर तीनवटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ ।
कान्तिपुर दैनिक





