Home > Blog > लिबिया मोडल’को विषयमा भाँडियो ट्रम्प-किम वार्ता

लिबिया मोडल’को विषयमा भाँडियो ट्रम्प-किम वार्ता

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बीबीसी । अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा १२ जुनमा हुने भनिएको भेटवार्ता कहिले हुने र कहिले नहुने भन्ने दोधारमा उल्झिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने तय भइसकेपछि उत्तर कोरियाका नेता किम जोङ उनले भनेका छन्, अमेरिकाले जुन तरिकाले चाल चलिरहेको छ, यस्तो अवस्थामा वार्ता हुन सक्दैन्।

बुधबार उत्तर कोरियाले चेतावनी दिदै यस वार्तामा सहभागी हुने उद्घोष गरेको थियो। ट्रम्पका सुरक्षा सुल्लाहकार जोन बोल्टनले उत्तर कोरियालाई बढावा दिदै अमेरिकाले उत्तर कोरियामा पनि लिबिया मोडल अप्नाउने सोच रचिरहेको खुलासा गरे।

सन् २००३ मा लिबियाका नेता कर्नल मुअम्मर गद्दाफी परमाणु कार्यक्रम छोड्न तयार रहेपछि अमेरिकाले लिबियामाथि लागेको प्रतिबन्ध हटाएको थियो। तर सन् २०११ मा पश्चिमी देशका समर्थनपछि विद्रोहिले उनको हत्या गरिदिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने लिबिया मोडल अप्नाउने विचारमा आफू नरहेको स्पष्ट पारेका छन्। उनले दुबै देशबीच वार्ता आवश्यक रहेको बताएका छन्।

ट्रम्पले आफ्ना सुरक्षा सल्लाहकारको बयान खारेज गर्दै भनेका छन्, उत्तर कोरियाको मुद्दामा हामीले लिबिया मोडलका बारेमा कतै कहिलै सोचेका छैनौँ। लिबियामा हामीले उस देशको ध्वस्त गरेका थियौँ। त्यो देश बर्बाद भएको थियो। गद्दाफीलाई बचाई राख्ने डिल भएको थियो। जुन उत्तर कोरियाको वार्तालाई पनि लिबियालाई मोडलको कुरा गरिएको छ। त्यो बिल्कुलै अलग छ।

ट्रम्पले भनेका छन्, उनले जुन तरिकाको डिलका बारेमा सोचिरहेका छन, त्यही तरिकामा किम पनि हुनेछन्। उनी आफ्नो देशमा हुनेछन् र आफ्नो देशको शासन चलाउने छन्।

उत्तर कोरियासँगको वार्ता भाँडनका लागि चीनले चाल चलिरहेको ट्रम्पको आशंका छ। किम दुई पटक चीन पुगेर त्यहाँका राष्ट्रपति सी जिनसिङसँग वार्ता गरिसकेका छन्।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1