काठमाण्डौ – बागलुङ काठमाडौ हवाई भाडा महंगो भएको भनी जन गुनासो बढेपछि नेपाल एयरलाइन्सले बुधबार भाडा समायोजन गरेको छ ।
नेपाल एयरलाइन्सले बागलुङ काठमाडौ हवाई भाडा ६५००/- लिदै अाएकाेमा अब देखि काठमाडौ बाट बागलुङको यात्रामा ५८००/- बागलुङ देखि काठमाडौकाे यात्रामा ५६००/- कायम गरेको बागलुङ नगरपालिकाका मेयर जनकराज पाैडेलले बताए ।
बागलुङ नगरपालिकाले बागलुङको बलेवामा बन्द भएको हवाई मैदान पुन संचालन गर्न नेपाल एयरलाइन्स र तारा एयरलाइन्स संग सहमति गरेेर चैतदेखि हवाई सेवा संचालन गरेको थियो । काठमाडौ बागलुङ हवाई भाडा ६ हजार ५ सय नेपाल एयरलाइन्स ६ हजार ७ सय तारा एयरलाइन्सले लिदै अाएकाेमा साे भाडा दर अन्यत्र ठाउँकाे तुलनामा महंगो भएको भनी गुनासो अाएपछी बागलुङ नगरपालिका बागलुङका सांसदहरूले भाडा घटाउन नेपाल नागरिक उड्ययन प्राधिकरणमा माग गरे पछि अहिले नेपाल एयरलाइन्सले भाडा ७०० रुपैयाँको दरले घटाएको र समायोजन गरेको मेयर पाैडेलले बताए ।
नेपाल एयरलाइन्स भाडा समायोजन गरेपछि तारा एयरलाइन्सले पनि छिट्टै भाडा समायोजन गर्ने बिश्वास नगरपालिकाले गरेको छ ।
काठमाण्डौ – बाग्लुङ हवाई टिकटको भाडा घट्यो
काठमाण्डौ – बाग्लुङ हवाई टिकटको भाडा घट्यो
तपाईको प्रतिक्रिया





