Breaking News
Home > Blog > पत्रकार महासंघका केन्द्रीय अध्यक्ष्य तथा महासचिवलाई लण्डनमा भव्य स्वागत

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष्य तथा महासचिवलाई लण्डनमा भव्य स्वागत

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेद्दियो यूके,
लण्डन । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्ट आज सांझ लन्डनस्थित हिथ्रो बिमंस्थाल्मा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आगामी मे १९ शनिबारका दिन हुन गइरहेको चौथो अधिवेसनमा भाग लिन उनीहरु बेलायत आएका हुन् । उनीहरुको स्वागत गर्न नेपाल पत्रकार महासंघ ,बेलायत शाखाका अध्यक्ष नरेश खपांगिमगर, पत्रकार भागीरथ योगी, नबिन पोखरेल श्याम लुइँटेल ध्रुब राज अर्याल लगायतका पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । नयाँ कार्यसमितिको लागि हुन् गइरहेको निर्वाचनमा कडा प्रतिस्पर्धा हुन गइरहेको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष नरेश खपांगिमगर र उपाध्यक्ष ध्रुबराज अर्यालको प्रतिस्पर्धा हुदैछ भने वरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेल र दिनेश परियार मैदानमा उत्रिएका छन् । तेस्तै उपाध्यक्षमा खेमराज रानाभाट र लिलामान शेरपुञ्जा तथा महासचिवमा नरेन्द्र बस्नेत ,संजय कंडेल बिमला सेने र खुशी लिम्बु ,सचिवमा शिव भन्डारी र जगन कार्की, कोषाध्यक्षमा पुर्ण गुरुङ र सिद्धार्थ क्षेत्री भिड्ने भएका छन् भने सहकोषाध्यक्षमा रोशन राईको एक मात्र उम्मेद्वारी परेको छ । सदस्यमा बोमबहादुर थापा, नरेश काङमाङ राई, सुरेन्द्र इङ्नाम, विश्वासदीप तिगेला, अनिल मल्ल, गणेश खड्का, मन्जु भन्डारी, जीवन सेन र नरेन्द्र नेम्वाङ गरि ९ जनाको उम्मेद्वारी छ । निर्वाचन आउन २ दिनमात्र बाँकी रहेतापनि सहमतिको प्रयास पनि जारी नै रहेको छ । बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1