काठमाडौं ।भारतको आन्द्र प्रदेशको वाराणसीमा मंगलबार निर्माणाधीन फ्लाइ ओभर (आकासे पुल) खस्दा १८ जनाको मृत्यु भएको छ । फ्लाइ ओभर खस्दा गाडीहरु किचिएका थिए ।
उत्तर प्रदेश पुल निगमले २ हजार २६१ मिटर लामो यो फ्लाइओभर १२९ करोड भारुमा निर्माण गरिरहेको थियो । फ्लाइओभरको जुन भाग खसेको छ, त्यो तीन महिनाअघि नै निर्माण सम्पन्न भइसकेको थियो । आकासे पुलमाथि राखिएका स्ल्याबलाई जोड्ने काम भइरहेको थियो तर त्यसमुनिबाट गाडि चलाउन रोक लगाइएको थिएन ।
प्रदेश सरकारले ४८ घण्टाभित्र घटनाको जाँचबुझ गरी दोषिलाई कारवाहीको सिफारिस गर्न निर्देशन दिएको छ ।





