काठमाडौंबाट भारत जाँदै गरेको बसबाट सुन बरामद

कञ्चनपुर । काठमाडौंबाट हरियाणा जाँदै गरेको भारतीय नम्बरको गाडीबाट प्रहरीले आधा किलो सुन बरामद गरेको छ ।

महेन्द्रनगरस्थित गड्डाचौकी नाका भएर भारतको हरियाणा राज्यतर्फ जाँदै गरेको एच आर १२ ए एफ ००६ नम्बरको गाडी जाँच गर्ने क्रममा सुन फेला परेको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायक महानिरीक्षक (डिआईजी) शरद चन्दले जानकारी दिए ।

सो गाडिमा सवार हरियाणाका जितेन्द्र शैनीले उक्त सुन आफ्नो भएको बताएका छन् । उनले काठमाडौंबाट खरिद गरेर सुन लिएर भारत जाँदै गरेको बताएको प्रहरीले जानकारी दिएको छ ।

गत वैशाख ३१ गते गड्डाचौकी नाका भएर सो गाडी नेपाल भित्रिएको भन्सार कार्यालयको रेकर्डमा छ ।

तेस्रो मुलुकबाट अवैध सुन काठमाडौं भित्राउने र काठमाडौंबाट भारतमा निकासी हुने गरेको प्रहरीले यसअघि गरेका अनुसन्धानबाट पत्ता लागेको छ ।

तर, हरियाणा जाँदै गरेको बसबाट बरामद आधा किलोको उक्त सुन अवैध हो कि होइन भन्ने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
अनलाइन खबर ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित