Breaking News
Home > Blog > ‘राहदानीको तथ्याङ्कको सुरक्षामा ध्यान दिनुपर्ने’

‘राहदानीको तथ्याङ्कको सुरक्षामा ध्यान दिनुपर्ने’

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ- परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञावलीले राहदानी गलत हातमा पर्न नदिन राहदानीको तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक आज नारायणहिटी परिसरमा रहेको राहदानी विभागको कार्य प्रक्रिया, कार्यसम्पादन तथा सेवा प्रवाहको स्थलगत निरीक्षण गर्दै उहाँले राहदानी गलत हातमा परेमा यसले देशकै छविमा आँच आउन सक्ने भन्दै यसको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

मन्त्री ज्ञावलीले राहदानी वितरणको अवधि छोट्याई जिल्ला तथा नियोगबाट राहदानी वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन विभागलाई निर्देशन दिँदै केही वर्षभित्र विभागहरु आधुनिक भवनमा स्थान्तरण हुनेसमेत जानकारी गराउनुभयो ।

उहाँले निकट भविश्यमा यन्त्रवाचक राहदानी(एमआरपी)को तुलनामा अझ बढी सुरक्षित र भरपर्दो विद्युतीय राहदानी लागू गर्नुपर्ने भएकाले यसको लागि आवश्यक योजना बनाउन राहदानी विभागलाई निर्देशन दिनुभयो ।

मन्त्री ज्ञावलीले कन्सुलर सेवा विभागलाई बाहिरी मुस्कानका साथै हृदयदेखि नै सेवा दिन निर्देशन दिनुभएको छ ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1