अब वडामै सम्पत्ति कर बुझाउन पाइने

तुलसीपुर, दाङ- तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३०औँ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न बनेको विधेयक २०७५ र राजपत्र प्रकाशन गर्नेसम्बन्धी कार्यविधि २०७५ लगायतका ऐन तथा कार्यविधिहरु पारित गरेको हो ।

कार्यपालिकाको बैठकले सामुदायिक र संस्थागत विद्यालयको कक्षा थप र स्थानान्तरणका लागि प्राप्त निवेदनउपर छलफल गरेर शिक्षा शाखा तुलसीपुरले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित सदर गरेको छ ।

प्रतिवेदनमा थप एक कक्षा सञ्चालनका लागि निवेदन दिएका विद्यालयले वडा कार्यालयको सिफारिस, नजिकको विद्यालयको सहमति र भौतिक पूर्वाधारको विवरण पेश गर्नुपर्ने उल्लेख छ । माथिल्लो कक्षा माग गरेर त्योभन्दा पनि माथिल्लो कक्षा सञ्चालन गरेका विद्यालयलाई कार्यविधिमा उल्लेख गरेबमोजिम कारवाही गरेर कक्षा बन्द गर्न निर्देशन दिनेसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भौतिक पूर्वाधार तथा विद्यार्थी सख्ंया न्यून रहेका कतिपय संस्थागत विद्यालयलाई अनुमति नदिने तथा आगामी आर्थिक वर्ष २०७५÷७६ देखि वडा कार्यालयबाट एकीकृत सम्पत्ति कर असुल गर्ने निर्णयसमेत गरेको छ । अब साउन १ गतेदेखि वडाबाटै एकीकृत सम्पत्ति कर असुल गर्ने बाटो खुलेको छ ।

कार्यपालिकाको बैठकले तुलसीपुरमा तरकारी र फलफूलको जग्गा व्यवस्थापनका लागि आह्वान गर्ने निर्णय गरेको छ । कालोपत्रले छोएको र १० कट्ठासम्म भएको बजार क्षेत्रभित्रको जग्गा खोज्नका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकले जेठ ७ गतेका दिन नगरसभाको बैठकसमेत तोकेको उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित