मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरणमा जिम्मेवार निकायले संवेदनशील नहुँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको पाइएको छ ।
बागलुङ नगर खानेपानीको गैरजिम्मेवारीका कारण बागलुङ वजारका स्थानीयले दुसित पानी पिउन वाध्य भएका छन् ।
पानीको मुहान तथा रिर्जभ ट्ङकीमा नगरपालिकाले सरसफाईमा ध्यान दिन नसक्दा धारामा आउने लेदो सहितको पानी पिउन वाध्य भएका हुन ।
नगरबासीहरुले वर्षातमा हिलो मिसिएको पानी पिउन बाध्य भएका छन् भने हिउँदमा अव्यवस्थित मुहानबाट आएको धुलो मिश्रित पानी प्रयोग गर्न बाध्य छन् ।
ट्याङकी साथै वितरण केन्द्रमा फोहोरको डङ्गुर र बगेर आइरहेको भेटिएको हो । बागलुङ नगरपालिका ३ रातमाटा र सुलडामा निर्माण भएको वितरण ट्याङकी डम्पीङ साईड जस्तै भएको पाईएको छ ।
धारामा धमिलो र फोहोर पानी आउँदा उपभोक्ता मारमा पर्ने गरेका छन् । धारामा रातो माटोसहितको धमिलो पानी आउँदा उपभोक्तालाई पिउने पानी कोसमेत समस्या हुने गरेको छ ।
आकासे पानी परेको १ हप्ता सम्म धारोमा लेदो पानी आउने गरेको छ । धारामा आउने पानी पिउन र खाना पकाउन मात्र नभई लुगा धुन र ट्वाइलेटमा प्रयोग गर्न समेत नमिल्ने खालको आउने गरेको छ ।
पानी धमिलो भएको विषयमा बाग्लुङ नगर खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीसँग धेरैपटक गुनासो गरे पनि सुनुवाइ नभएको उपभोक्ताको गुनासो छ । धौलागिरि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रामजीप्रसाद सुवेदीले धारामा फोहोर र धमिलो पानी आउँदा अस्पताल सञ्चालनमा समेत समस्या भइरहेको बताउनुभयो । दूषित र फोहोर पानीका कारण अस्पतालमा झाडापखाला, आउँलगायतका बिरामी आउने क्रम बढेको छ ।
पानी सुद्धिकरणको लागी निर्माण गरिएको टिटमेण्ट प्लान्टले काम नगरेको कारण समस्या भएको नगर खानेपानीका प्रवन्धक हिमाल शर्माले बताउनुभयो ।।
आकासे पानीको भेल ट्यांकीमा मिसिँदा पानी धमिलो हुने गरेको बताए । मुहानमा फिल्टर निर्माण गरी पानी सङ्लो बनाउने प्रयास भइरहेको जनाईएको छ । बाग्लुङ सदरमुकाममा दैनिक करिब ३२ लाख लिटर खानेपानी आवश्यक पर्छ । तर, आवश्यकताभन्दा निकै कम पानी वितरण भइरहेको छ ।
बागलुङ वजारमा वितरण गरिएको पानी प्रसोधन नगरी खोलावाट सिदै घर घरमा वितरण भएकोलेले पिउन योग्य नभएको स्वास्थयकर्मीले वताएका छन् ।
पानी प्रशोधन यन्त्र तत्काल सञ्चालनमा ल्याइनुपर्ने, पानीमा प्रयोग गरिने चुन, फिटकिरी लगायत कीटनाशक औषधि आवश्यकता हेरी नियमित रुपमा प्रयोग गरिनुपर्ने, मुहानको पानी नियमित रुपमा प्रयोगशालामा परीक्षण गरी पिउनयोग्य छ वा छैन भन्ने वारे खासै चासो नदिएको उपभोक्ताको गुनासो छ ।





