संखुवासभा- मकालु गाँउपालिका–५ नुम बजारबाट अढाइ किलोग्राम सालकको खपेटासहित भोटखोला गाउँपालिका–३ का जिप्पा तेन्जिङ शेर्पालाई प्रहरीले आज पक्राउ गरेको छ ।
शंकास्पद गतिविधि गरेपछि शेर्पाको झोला जाँच गर्ने क्रममा सालकको खपेटा भेटिएको प्रहरीले जनाएको छ । शेर्पालाई आजै जिल्ला वन कार्यालयमा बुझाइएको छ ।
रासस





