Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके।
लन्डन, पत्रकार महासंघ बेलायत शाखाको नयाँ नेतृत्वका लागि आगामी मे १९ का दिन निर्वाचन हुन् गैरहेको छ । निर्वाचन प्रक्रियामा जनको लागि उमेद्वारहरुको नामावली पनि सार्वजनिक भैसकेको छ । पत्रकारिता पेशाप्रतिको बढ्दो आकर्षणले गर्दा सदस्यता वितरण प्रक्रियाले पनि निकै चर्चा पाइसकेको छ भने अझै पनि निश्चित टुंगो लागिसकेको छैन ।
९७ जना सदस्यता कायम रहेको महासंघको निर्वाचनको लागि सदस्य संख्याको झन्डै एक चौथाईको संख्यामा उमेद्वारी दर्ता भएको छ । निर्वाचनको दिनमा आफ्नै आन्तरिक कारणले गर्दा हुने अनुपस्थितिलाई नियाल्ने हो भने उमेदवारहरुको प्रतिशत एक चौथाई भन्दा पनि बढी हुने सम्भावना देखिन्छ ।
लन्डनस्थित एभेरेष्ट ल सोलिसिटरको कार्यालयमा भएको मनोनयन दर्तामा पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष्य पदमा निवर्तमान अध्यक्ष नरेश खपांगी मगर र ध्रुवराज अर्यालले आफ्नो उमेद्वारी दर्ता गराएका छन् ।

वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार र श्याम लुइटेलले उम्मेदवारी परेको छ । उपाध्यक्षमा खेमराज रानाभाट र लीलामान सेयरपुजा तथा महासचिवमा नरेन्द्र (क्षेत्री) बस्नेत, सञ्जयबहादुर कडेल, विमला सेने र खुशीमान लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा शिव भण्डारी, जग्गनाथ कार्कीको नाम परेको छ । कोषाध्यक्षमा पूर्णबहादुर गुरुङ र सिद्धार्थबहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
सहकोषाध्यक्षमा भने रोशन राई ‘विनोद’ को मात्र उम्मेदवारी परेको छ । यस्तै सदस्यहरुमा बोमबहादुर थापा, नरेश काङवाङ राई, सुरेन्द्र इंगनाम, तीर्थबहादुर मल्ल, गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वासदीप लिम्बु ‘तिगेला’ नरेन्द्रराज नेम्वाङ र जीवन सेनको उम्मेदवारी परेको छ । विविध आन्तरिक कारणले गर्दा निर्वाचनको अन्तिम नामावली आगामी बिहिबार मात्र सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन प्रक्रियामा नगई आपसी समझदारी र सहमतिमा समस्याको समाधान गर्नेतर्फ पनि पाहल जारी रहे पनि सम्भावना कमै छ । थोरै पद र सिमित सदस्यताहरुबीचमा भएको यस किसिमको चुनावी प्रक्रिया र प्रतिस्पर्धाद्वारा सकारात्मक भन्दा नकारात्मक प्रभाव नै बढी देखिन्छ । हुन त चुनावी अभियानलाई हेर्ने हो भने निर्वाचन प्रक्रियामा सहभागी हुनेमा नेपालीहरु नै अग्र पंक्तिमा नपर्लान भन्न सकिन्न ।
सामाजिक हितका लागि संगठित संस्थाप्रतिको चासो हुनु नराम्रो त हैन तर पदमै बसेर मात्र समाजको हित गर्न सकिन्छ भन्ने मानसिकताले गर्दा हरेक क्षेत्रमा विभिन्न आन्तरिक विवादहरु हुने गरेको पाइन्छ ।
फोटो साभार – लन्डन नेपाल न्यूज





