बुटवल । पहिरो खसेकाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-दोभान सडक खण्ड अवरुद्ध भएको छ । सकड अवरुद्ध हुँदा यातायात आवागमन रोकिएपछि यात्रुहरु मर्कामा परेका छन् ।
तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमासडकमा पहिरो खसेपछि सोमबार बिहान २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको हो । बिहान ७ बजेदेखि डोजरको सहायताले पहिरो पन्छाउने काम जारी छ ।
बाटो खुलाउन अझै २ घण्टा लाग्ने देखिएपछि बुटवलबाट अर्को डोजर ल्याउन लागेको दोभान प्रहरी चौकीका प्रहरी जवान भोजबहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार बिहान १० बजेसम्म बाटो खुल्ने अनुमान छ ।
अनलाइन खबर ।





