Home > Blog > अन्तर्राष्ट्रिय कराते प्रतियोगिता लैनचौरमा हुने

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता लैनचौरमा हुने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ- नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

दुईदिने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । प्रतियोगिताको अवधिमा काठमाडौँ महानगरपालिका– २६ का अन्तर्राष्ट्रिय पदक विजेतालाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

पाँच वर्षमा पाँच हजार मेगावाटः प्रसारण लाइन उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा …