ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न, भिक्टोरिया डे मनाउने तयारी

गोर्खा अनलाइन रेडियो यूके,

फान्ब्रो, १० मे २०१८, ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा महासचिव मान गुरुङद्वारा संचालित उक्त बैठक रशमोर बरो काउन्सिलको च्याम्बरमा सम्पन्न भएको थियो । बैठकमा भरखरै सम्पन्न नेपाली नयाँबर्ष कार्यक्रम र भेट्रान फण्ड संयोजक एवं बरिष्ठ उपाध्यक्ष राम धन राईले नेपाली कक्षा संचालन बिषयमा उपाध्यक्ष रन्जिता मल्लले प्रस्तुति दिएका थिए । त्यसैगरी इन्फोरमेसन डे, लागु औषध एवं मादक पदार्थ दुर्व्यसन उपाध्यक्ष नेम थापा, रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने रशमोर फूड फेष्टिबल,भिक्टोरिया डे सेलिब्रेसन र रशमोर बरो काउन्सिल, ब्ल्याक वाटर भ्याली रनर अनि ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने १० किलोमिटर दौड र फन रन बिषयमा अध्यक्ष जीव बेलबासेले प्रष्ट्याएका थिए भने कोषाध्यक्ष टोप पल्लिले नयाँबर्षको छुट्टै र समस्त आय व्यय प्रस्तुत गरेका थिए । उक्त बैठकले भिक्टोरिया डे सेलिब्रेसन र इन्फोरमेसन डे उपाध्यक्ष नेम थापा, नेपाली कक्षा उपाध्यक्ष रन्जिता मल्ल, रशमोर फूड फेष्टिबल सदस्य दिल नेपाली, बार्षिक साधारण सभा महा सचिव मान गुरुङलाइ संयोजक तोकेको छ भने सल्लाकार क्याप्टेन हरि थापालाई रशमोर फूड फेष्टिबलको सहसंयोजक साथै भिक्टोरिया डे सेलिब्रेसन सहसंयोजकमा सदस्य चन्द्र राईलाई तोकेको छ । बैठकमा ८७ बर्षीय जेष्ठ नागरिक पूर्ण गुरुङ र क्याप्टेन हरि थापालाइ संस्थाको आजीवन सदस्यताको प्रमाणपत्र अध्यक्षद्वारा प्रदान गरेका थिए भने महिला विभागका नयाँ सदस्य याम कुमारी भण्डारीलाइ खादा ओढाई स्वागत गरेका थिए । छलफलको क्रममा विभिन्न बिषयमा सल्लाहाकार क्याप्टेन हरि थापा, क्याप्टेन बिर थापा, क्याप्टेन बिष्णु श्रेष्ठ, क्याप्टेन केशर राना, माया के सी, महिला संयोजक लिला मावो,सदस्य दिल नेपाली, चन्द्र राइ लगायतले आआफ्नो जिज्ञासा र सुझाव राखेका थिए भने महासचिव मान गुरुङले प्राप्त सम्पूर्ण सुझावलाइ पूर्णतया कार्यान्वयन गरिने बचनबद्धता व्यक्त गरेका थिए । रशमोर र सेरोफेरोमा रहेका नेपाली संस्थाहरुलाई आगामी जुन ०९ मा मनाउने भिक्टोरिया डे सेलिब्रेसनमा सहभागिताको लागि आव्हान गर्ने निर्णय गर्दै बैठकको समापन भएको थियो।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित