वीरगन्ज । नापी र मालपोत कार्यालय पर्साका कर्मचारीको मिलेमतोमा रोक्का रहेको करोडौं मूल्यको जग्गा पटकपटक किनबेच भएको खुलेको छ।
वीरगन्ज महानगरपालिकाले रोक्का गरिरहेकै अवस्थाको नगरको मुटुमा रहेको झन्डै साढे ३ करोड मूल्य पर्ने १ कट्ठा जग्गा सम्बन्धित पक्षले थाहै नपाई चारपटकसम्म किनबेच भएको छ।
महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्वर १० आदर्शनगरस्थित कित्ता नम्बर ८१७ को १ कट्ठा जग्गा महानगरपालिकाले समेत थाहा नपाई किर्ते प्रमाणपुर्जा निर्माण गरी बिक्री गर्दै अहिले नजमा बेगमको नाममा लगत खडा भएको मालपोत कार्यालय पर्साको तथ्यांकले देखाएको छ।
उनले गत २० चैतमा चौथो पक्षलाई बिक्री गर्न लागेको अवस्थामा वीरगन्ज महानगरपालिका ९पहिलो पक्ष० ले बल्ल थाहा पाएको छ। साबिक उपमहानगरपालिका–१३ हालको महानगरपालिका–१० को नगर विकासको प्लटिङको ८१७ कित्ता नम्बरको १ कट्ठा जग्गा २०६१ सालअघि पनि नापी कार्यालय पर्सा र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा व्यक्तिका नाममा दर्ता भएको थियो।
राजधानी दैनिक





