मोदीका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँच हेलिप्याड

जोमसोम- भारतीय प्रम मोदी आउने हेलिकप्टर अवतरणका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँच वटा हेलिप्याड बनाइएको छ। हेलिप्याडबाट मन्दिर पुग्न गाउँपालिका कार्यालयले ६ सय मिटर लामो रातो कार्पेट लगाउने तयारी गरेको हो। हेलिप्याडदेखि मन्दिरको मूल ढोकासम्म ६ वटा स्वागतद्वार बनाउँदै छ। मन्दिरकै आडैमा विश्रामस्थलका रुपमा विशिष्ठ अतिथि कक्षसमेत तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताए।नेपालस्थित भारतीय दूतावास र सञ्चार माध्यमका प्रतिनिधि पनि मुस्ताङ आउने क्रम बढेको छ। शनिबार बिहान ७ बजे भारतीय प्रम मोदी सवार हेलिकप्टर मुक्तिनाथ अवतरण गर्ने जनाइएको छ। मन्दिरमा विशेष पूजाआजापश्चात भारतीय प्रम मोदी मुक्तिनाथबाट सिधै काठमाडौं फर्कने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि शनिबार बिहान मुस्ताङ आउने कार्यक्रम भएकाले यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको हो। भ्रमणलाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना बनाएको छ। भारतीय सुरक्षाकर्मीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको स्थलगत अनुगमन गरेको छ। जिल्लाको सुरक्षा प्रबन्ध मजबुत बनाइएको छ, प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलले भने,’जिल्ला प्रवेश गर्ने र बाहिरने सबै नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिएको छ।’ जिल्ला सुरक्षा समितिको बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सुरक्षाका लागि मुक्तिनाथ मन्दिर परिसरमा २० घण्टा आवातजावतमा रोक लगाउने निर्णय गरेको छ। शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार मध्याह्न १२ बजेसम्म मुक्तिनाथ मन्दिर परिसरमा आवातजावत बन्द गरिएको हो।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित