गोर्खा अनलाइन रेडियो यूके,
बेलायत, क्षेत्री समाज बेलायतको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक हालै नर्थक्याप्सस्थीत दिवाली रेष्टुरेण्टमा गत आईतबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष राजन कुमार क्षेत्रीको अध्यक्षतामा बसेको बैठकको संचालन महासचिब कुमार केसीले गरेका थिए । उक्त प्रथम बैठकले संस्थाको दुरगामी प्रभाव राख्ने महत्वपूर्ण निर्णयहरु गरेको छ । पांचौ कार्यसमितिको तर्फबाट निवर्तमान अध्यक्ष, महासचिव, कोषाध्यक्ष र आपतकालिन राहतकोषका संयोजकले आ-आफ्नो जिम्मेवारीमा रहेको सम्पूर्ण बरबजुरथ र नयां सदस्य सुनिल बाबू खड्काको सपथ ग्रहणबाट शुरुभएको बैठकलाई दुई भागमा बिभाजित गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष यज्ञ क्षेत्रीले स्वागत मन्तब्य राखेका ।
गत अधिवेशनको समिक्षा गर्दै महत्वपूर्ण जिम्मेवारी बहन गर्ने क्षेत्रीय कमटी वेम्ली र अध्यक्ष मण्डल तथा निर्वाचन कमिटीका भीम बानिया, रामशरण सिमखडा र धन क्षेत्रीलाई बिषेश धन्यबाद दिने निर्णय गर्नु का साथै संरक्षकमा ध्रुब केसी, सल्लाहकारहरुमा भीम बानिया, रामशरण सिमखडा, धन क्षेत्री, प्रेम खड्का, मे (री) रुद्र बहादुर खड्का र धन कुंवर साथै कानूनी सल्लाहकारमा सोलीसिटर राजु थापा नियुक्त गरेको छ भने कोप्टेड मेम्बरमा सरस्वती केसी, मायां केसी, अम्बिका खड्का र अन्जना थापा लाई सर्बसम्मतीले मनोनयन गरेको छ । संस्थाको महत्वपूर्ण जिम्मेवारी आपतकालिन राहत कोष (ERF) संयोजकमा उपाध्यक्ष यज्ञ क्षेत्रीलाई तोकिएको छ।
बेलायतमा क्षेत्रीहरुको हाल सम्मको ईतिहांसलाई समेट्दै पुस्तक प्रकाशन गर्ने जिम्मेवारी महासचिब कुमार केसीलाई तोकिएको छ । संस्थाको सबै भन्दा बढी सहभागीता रहने र एक महत्वपूर्ण कार्यक्रम वार्षिक समर भेटघाट (गेट टुगेदर) आगामी २८ जुलाई शनिबारका दिन स्थानीय अल्डसर्टको कनेट स्कूलमा गरिने र सो को संयोजनको जिम्मेवारी उपाध्यक्ष यज्ञ क्षेत्रीले गर्ने निर्णय गरेको छ । कार्यक्रम संयोजक क्षेत्रीले उक्त दिन सबैलाई सहभागीता तथा सहयोगको लागी बिषेश अनुरोध गरेकाछण । बेलायतमा बिभिन्न संघ-संस्थामा कृयाशिल सामाजिक अभियन्ता तथा समाजको कार्यकारी सदस्य सुनिल बाबू खड्काको भनाई अनुसार सोचे भन्दा समाज ब्यबस्थित र कार्यसमिति चुष्त र केही गरौ भन्ने भावनाले कृयाशिल रहेको पाईएको जानकारी दिए ।
क्षेत्री समाज यूकेको बैठक सम्पन्न – बार्षिक भेटघाट जुलाईमा
क्षेत्री समाज यूकेको बैठक सम्पन्न – बार्षिक भेटघाट जुलाईमा
तपाईको प्रतिक्रिया





