मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाइयो

विराटनगर-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई अस्पताल विकास समितिमा कार्यरत कर्मचारीको समायोजनको माग गर्दै बुधबार साँझ ज्ञापनपत्र बुझाइएको छ ।
अस्पताल विकास समितिका कर्मचारी युनियन प्रदेश नम्बर १ का प्रमुख बद्रीप्रसाद दाहाल सम्मिलित एक टोलीले मुख्य मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको थियो ।

व्यवस्थापन गरिएका विभिन्न केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल तथा जिल्ला अस्पतालमा विकास समितिमा कार्यरत कर्मचारीको सम्बन्धमा उक्त समायोजन विधेयकमा कुनै पनि सम्बोधन नगरिएको र स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत सञ्चालनमा रहेका नगरपालिका तथा तत्कालीन जिविसका कर्मचारीका विषयमा कुनै व्यवस्था नगरिएको हुँदा उक्त कर्मचारी समायोजन विधेयक—२०७४ मा छुट भएका कर्मचारीको व्यवस्थाका लागि पहल गर्न अनुरोध गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले समायोजनका लागि आफू लागिपर्ने बताउनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित