डमरुको डण्डीबियो हेरेपछि नेताले भने ;डण्डीबियोलाई फेरि राष्ट्रिय खेल बनाउनुपर्छ

काठमाण्डौ -शुुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको पूर्व राष्ट्रिय खेल डण्डीबियोको कथामा निर्मित फिल्म ‘डमरुको डण्डीबियो’ हेर्न कांग्रेसका दुई नेता हल पुगेका छन् । आइतवार साँझ ठमेलमा रहेको छायाँ सेन्टर पुगेर कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले फिल्म हेरेका छन् ।

फिल्म हेरेर निस्कँदै गर्दा नेता कोइरालाले आफू पुनः डण्डीबियोलाई राष्ट्रिय खेल बनाउन पहल गर्ने आश्वासन दिए । उनी भन्छन्, ‘बाल्यकालमा विराटनगरमा खेलिएको सम्झना ताजा गरायो । यस फिल्मले गर्दा डण्डीबियोको महत्व पक्कै बढेको छ ।’

यस्तै, डा. रिजालले पनि फिल्मले राम्रो विषय उठान गरेको बताए । ‘डण्डीबियोको विषय भएपनि फिल्म निकै रमाइलो बनेको छ । यस किसिमको विषयवस्तुलाई रोज्ने निर्माण टिमलार्इ धन्यवाद दिन चाहन्छु’, रिजालले भने ।

घले गाउँ र काठमाडौंमा खिचिएको यस फिल्मले शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा बोल्छ । यो फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारको लिड रोल छ ।

खगेन्द्रले ‘डमरुको डण्डीबियो’ मा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् । उनकै को लेखन रहेको यस फिल्मका निर्देशक छेतेन गुरुङ हुन् । यसअघि उनले ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डायरी’ जस्ता फिल्मको कथा र संवाद लेखिसकेका छन् ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेले ‘डमरुको डण्डीबियो’ निर्माण गरेका हुन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित