यातायात व्यवसायी सिन्डिकेट फिर्ता लिन राजी

काठमाडौं । यातायात व्यवसायीले सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयलाई समर्थन गर्दै आन्दोलन फिर्ता लिने भएका छन्। आइतबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा व्यवसायीले आन्दोलन फिर्ता लिने र सरकारले ल्याएको नियममा उल्लिखित व्यवस्थाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिए ।

सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरू सार्वजनिक गरिने भएको छ। देशभर पक्राउ परेका सिन्डिकेट समर्थक यातायात व्यवसायी रिहा भएका छन्। नेपाल प्रहरीका अनुसार देशका विभिन्न ठाउँबाट १६० जना पक्राउ परेका थिए।

उनीहरूले आफ्ना सवारीसाधनलाई कम्पनीअन्तर्गत दर्ता गरी सञ्चालन गर्ने र सिन्डिकेट नगर्ने कागजमा हस्ताक्षर गरेपछि प्रशासनले रिहा गरेको हो। नेपाल राष्ट्र बैंकले मुलुकभरका यातायात समितिका सबै बैंक खाता रोक्का गराएको छ। अर्थ मन्त्रालयको सिफारिसमा यातायात समितिका बैंक खाता रोक्का गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए।
नयाँ पत्रिका दैनिक

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक