गोर्खा अनलाइन रेडियो यूके,
अनुअधिकारी,
काठमान्डौ,मन्टेश्वरी किन्डर वोर्ल्ड सोल्टिमोड शाखा अन्तर्गत कक्षा प्री २ ले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुलाइ पहिलो त्रैमासिक परिक्षामा के कस्ता विषयको अध्यन गराउने भन्ने विषयमा अविभावकसंग छलफल गरेको छ । बालबालिकाहरु लाई कस्तो तरिकाबाट पढाउँदा सजिलो हुन्छ र कतिसम्म पढाउनुपर्छ भन्ने बारेमा कक्षा शिक्षिकाहरु अर्चना बज्राचार्य, प्रीती शाक्य र एरिसा (Alips) ले, । आ-आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका थिए । अविभावकहरुले पनि आफूलाई लागेका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सन्चालन शिक्षिका अर्चना बज्रचार्य गरेकी थिइन् । 
सोहि कार्यक्रमको एक झलक हरु।












