गोर्खा अनलाइन रेडियो यूके,
नेपाली क्रिकेटको क्षेत्रमा सक्रिय रुपमा लाग्दै आएका नेपाली क्रिकेट समर्थक समाजका सस्थापक सदस्य एवम कोषाध्यक्ष प्रमोद बज्राचार्यको ब्रेन ह्याम्ब्रेजका कारण निधन भएको छ । आफ्नै निवासस्थानमा एक्कासी बेहोस भएपछि काठमाडौँको अन्नपुर्ण न्युरो अस्पतालमा उपचार गर्दागर्दै उनको निधन भएको । नेपाली क्रिकेट क्षेत्रमा सक्रिय भएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा योगदान दिएका बज्राचार्यका नले नेपाली क्रिकेट समर्थक समाज सगै नेपाली क्रिकेटमा अपुरणीय क्षति भएको क्रिकेट समर्थक समाजका अध्यक्ष भानु सिग्देलले बताएका छन् । उनको निधनप्रति क्रिकेट समर्थक समाजका तर्फबाट हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवार र समग्र नेपाली क्रीकेट समर्थक समाजका सम्पुर्ण सदस्यहरुमा धैर्य रहन समेत अनुरोध गरिएको छ ।
नेपाली क्रिकेट समर्थक समाजका कोषाध्यक्ष्यको ब्रेन ह्याम्ब्रेजका कारण निधन
नेपाली क्रिकेट समर्थक समाजका कोषाध्यक्ष्यको ब्रेन ह्याम्ब्रेजका कारण निधन
तपाईको प्रतिक्रिया





