गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, बेलायतमा मे ३ का दिन भएको स्थानीय निर्वाचनमा लन्डनस्थित हंस्लो काउन्सिल अन्तर्गतको हानवर्थ क्षेत्रबाट काउन्सिलर बिष्णु गुरुङ पुन दोस्रो पटक पनि काउन्सिलर पदको लागि विजयी भएका छन् । लेबर पार्टीको राम्रो पकड रहेको यस क्षेत्रमा काउन्सिलर गुरुंगले १ हजार ३ सय १५ मत प्राप्त गरि विजयी भएका हुन् । सन् २०१४ मा पहिलोपटक काउन्सिलरमा निर्वाचित गुरुंग एक वर्ष डिपुटी मेयरको कार्यभार सम्हालेका थिए ।
ब्रिगेड अफ गोर्खाजमा लामो समय सेवा गरेका उनी गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष्य तथा देवाचन बुद्धिष्ट सेन्टर यूकेसंग पनि सम्बन्धित छन् । तेस्तैगरि आर्म फोर्सेस च्यारिटी (SSAFA) को ‘केस वर्कर’ रहेका गुरुङ अन्य धेरै संघसंस्थामा स्वयंसेवी भूमिकामा पनि संलग्न रहँदै आएका छन् ।
स्थानीय वासिन्दाहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफूले जुसुकै बेला पनि सक्दो सहयोग गर्न पछी नपरेको र स्थानीयहरूसंगको राम्रो सम्बन्धका कारणले पनि यसपटक आफूले पुन: विजय प्राप्त गर्न सफल भएको उनको धारणा छ ।
काउन्सिलरमा भूपू सैनिक बिष्णु गुरुङ पुन विजयी
काउन्सिलरमा भूपू सैनिक बिष्णु गुरुङ पुन विजयी
तपाईको प्रतिक्रिया





