गोर्खा अनलाइन रेडियो यूके,
लन्डन–आज ४ मे का दिन बेलायतस्थित अल्डरसटको एम्पाएर हलमा नेपाली कथानक चलचित्र ‘तिमी संग’ प्रदर्शन हुँदैछ । पछिल्लो समयमा निकै लोकप्रिय बनेकी नायिका साम्राज्ञी राज्यलक्ष्मीद्वारा अभिनित उक्त चलचित्र प्रदर्शनीको लागि हाल उनि लण्डनमा आइपुगेकी छन् । अन्नपूर्ण बेसक्याम्पको दृश्यलाई समेत अवलोकन गर्न सकिने सो चलचित्रमा अभिनेत्री साम्राज्ञीसँग अभिनेता द्वय आकाश श्रेष्ठ र नाजिर हुसेनको त्रिपक्षीय प्रेम कहानीलाई हेर्न सकिने छ । चलचित्र ‘तिमी सँग’ लाई सपन इन्टरटेनमेन्ट लिमिटेडले बेलायतमा प्रदर्शन गर्न लागेको हो । शिशिर रानाको कथा निर्देशनमा बनेको सो चलचित्रमा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा सुशिल क्षेत्रीको छायांकन रहेको छ । तेस्तैगरी शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा रहेको छ । मिलन, बिछोड, तथा मनोरंजनले भरिएको उक्त चलचित्रमा विदेशमा बसेर हुर्किएको नेपाली चेली पुन नेपाल फर्किएपछिको परिवर्तित अवस्थालाई प्रस्तुत गर्न खोजिएको छ । भुवन केसीद्वारा निर्मित चलचि ‘ड्रिम्स’ मा नायक अनमोल केसीसंग अभिनय गरेर सफलता हात पारिसकेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र हेर्नको लागि बेलायतवासी समक्ष्य अनुरोध समेत गरेकी छन् उक्त चलचित्रको एकमात्र शो हुने सपन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सपन राईले बताएका छन् ।
नायिका साम्राज्ञी राज्य लक्ष्मीद्वारा अनुरोध ।





