अत्यधिक मदिरा सेवनबाट एकको मृत्यु

फलेवास- अत्यधिक मदिरा सेवनबाट यहाँका एक युवाको मृत्यु भएको छ ।

पर्वतको मोदी गाउँपालिका–७ का ४२ वर्षीय पटकबहादुर क्षेत्रीको घरेलु रक्सीको सेवनबाट ज्यान गएको हो । अत्यधिक मदिरा सेवन गरेर बुधबार साँझ घरबाट निस्किएका क्षेत्रीको गाउँ नजिकै रहेको चिहानडाँडा सामुदायिक वनमा बिहीबार शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको मदिराकै कारण लडेर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक क्षेत्रीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । गाउँमा अवैधरुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी सञ्चालनमा रहेपनि नियन्त्रणका लागि प्रहरी प्रशासनले कुनै चासो नदेखाउँदा स्थानीयको ज्यान जाने गरेको गुनासो गाउँलेको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित