ब्याङ्लोरले हरायो मुम्बईलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई १४ रनले हराएको छ ।

यो हारसँगै मुम्बई अब प्लेअफ चरणबाट लगभग बाहिरिइसकेको छ । बैंग्लोर भने आठ म्याचमा तेस्रो जितका साथ अंक तालिकामा पाँचौं स्थानमा छ ।

१६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बई ७ विकेट गुमाउँदै १५३ रनमा समेटियो । मुम्बईका लागि हार्दिक पान्ड्याले सबैभन्दा धेरै ५० रन बनाए । क्रुणाल पान्ड्या र जेपी डुमिनीले समान २३ रन बनाए भने किरोन पोलार्डले १३ तथा बेन कटिङले १२ रन बनाए ।

बैंग्लोरका लागि टिम साउथीले चार ओभरमा २५ रन दिएर २ विकेट झारे । उनी प्लेयर अफ दि म्याच भए ।

यसैगरी उमेश यादवले लगातार दुई विकेट झारे । उनले सूर्यकुमार यादवलाई ९ रनमा एलबीडब्लुको धरापमा पारे भने कप्तान रोहित शर्मालाई खाता खोल्न नदिई पभेलियन फर्काए । उमेशले चार ओभरमा २९ रन खर्चिएर दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । मनन बोहराले सर्वाधिक ४५ रनको पारी खेले । ब्रेन्डन म्याकुलमले ३७ र कप्तान बिराट कोहलीले ३२ रनको योगदान गरे ।

बलिङतर्फ मुम्बई इन्डियन्सका हार्दिक पान्ड्याले सर्वाधिक ३ विकेट लिए । उनले तीन ओभरमा २८ रन मात्र खर्चिएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित