गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले मुक्तक गत दिन एक कार्यक्रमकाबीच लोकार्पण गरेको छ । मुक्तक संग्रह लोकार्पण कार्यक्रममा सहभागी कविहरुले आ–आफ्नो रचना पाठ गरेका थिए । उक्त मुक्तक संग्रहमा १८ जना कविको २० वटा मुक्तक समावेश गरिएको छ । प्रमुख अतिथी दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरे, प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठ, वरिष्ठ साहित्यकार खगेन्द्र नेपाली, साहित्य चौतारी यूकेका संयोजक वासु शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका अध्यक्ष सुमलकुमार गुरुङ र प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
संग्रहमा बेलायतका लागि नेपाली राजदूत डा. दुबसु क्षत्री, डा. रुपक श्रेष्ठ, वासु शर्मा, अन्जु अन्जली, केदार संकेत, गोकुल भण्डारी, जगत नवोदित, दुर्गाप्रसाद पोख्रेल, प्रतिमा केसी, नरेश नाति, नृपेश उप्रेती ‘योगपुत्र’, मुकेश राई, मोहन आचार्य ,इन्द्रेणी शर्मा जलद, रविन जोशी, राज श्रेष्ठ, ललित न्यौपाने, सन्जिता देउजा र सुमल गुरुङका मुक्तकहरु संग्रहित रहेका छन् ।
फोटो-शिव भण्डारी





