तीनसय ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मानित

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–१ ले वडाका ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेको छ । वडाले आज स्थानीय दिव्यश्वरी मन्दिरको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी करीब ३०० जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको हो ।

वडाले ज्येष्ठ नागरिक र एकल महिलालाई एक–एक थान कम्बल र पौष्टिक आहार प्रदान गर्दै सम्मान गरेको हो ।

सो अवसरमा आयुर्वेदिक औषधालय, समित अस्पताल र स्थानीय हेल्थपोष्टको सहयोगमा ज्येष्ठ नागरिक र एकल महिलाको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

स्वास्थ्य परीक्षणका क्रममा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो । शिविरमा सहभागीको रक्तचाप, मधुमेह र सामान्य स्वास्थ्य परीक्षण गरिएको स्थानीय हेल्थपोष्टका प्रमुख उमेश धौभडेलले बताउनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित