सिर्जनशील पत्रकारिता पुरस्कार राससकर्मी शर्मालाई

बेनी, म्याग्दी- नेपाल पत्रकार महासंघ बागलुङले धौलागिरि क्षेत्रका पत्रकारमध्ये जेष्ठता, श्रेष्ठता र निरन्तरताका आधारमा प्रदान गर्ने नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कार यस वर्ष म्याग्दीका पत्रकार राससकर्मी धु्रवसागर शर्मालाई प्रदान गरेको छ ।

आइतबार बेलुकी बागलुङमा आयोजित एक समारोहमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पत्रकार शर्मालाई नगद रु १५ हजार १५५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।

२०६६ सालमा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतम र उहाँको परिवारले आफ्ना दिवंगत आमाबुबाको नाममा अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट हरेक वर्ष धौलागिरिका एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आउनुभएको छ ।

सो कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विश्वकर्माले सामाजिक रुपान्तरण, विकास र जनतामा सकारात्मक सोच बृद्धिका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । विगतका निकै प्रतिकूल अवस्थाको पनि सामना गर्दै मोफसलमा बसेर दुई दशकभन्दा बढी निरन्तर पत्रकारिता गर्नु निकै चुनौतीपूर्ण रहेको बताउँदै मन्त्री विश्वकर्माले अब आर्थिक समुन्नतिका लागि पत्रकारले कलम चलाउनुपर्छ भन्नुभयो ।

सांसद, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, उद्योगी, व्यवसायी एवं सञ्चारकर्मी उपस्थिति सो समारोहमा पुरस्कृत शर्माले आफू अझै सक्रिय भएर पत्रकारितामा लाग्ने, विकास, समृद्धि र सकारात्मक सन्देश प्रवाह गर्ने समाचारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित