सबै क्षेत्रका ‘सिन्डिकेट’ निमिट्यान्न गरिने’

काठमाडौँ- उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारी तथा निजी सञ्चार माध्यमले देशको विकास कसरी हुन्छ भन्ने कुरामा गम्भीर बनेर तीव्र आर्थिक समृद्धि हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

अग्नि ज्वाला मासिकको नवौँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री यादवले वर्तमान सरकार राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्दै आर्थिक समृद्धि हासिल गर्ने कुनै पनि क्षेत्रमा रहेका ‘सिन्डिकेट’ निमिट्यान्न गरी छाड्न प्रतिबद्ध रहेको बताउनुभयो ।

विसं २०४६ पछि देशमा उद्योगधन्दा बेचेर खाने प्रवृत्ति बढेको चर्चा गर्दै ती उद्योगधन्दा सञ्चालन गर्ने तथा तत्काल रोजगार सिर्जना गर्ने तथा देशमा श्रम, शक्ति र ऊर्जा खर्च गर्ने वातावरण बनाउने मन्त्री यादवले बताउनुभयो ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य विष्णु विक, केन्द्रीय कार्यालय सदस्य तिलक परियार, अग्नि ज्वालाका प्रबन्ध निर्देशक धर्मराज विदुवाल, कर्णाली मिडियाका प्रबन्धक प्रकाश रोकायालगायतका वक्ताले देशमा आर्थिक रुपमा परिवर्तन गर्न सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नसक्ने उल्लेख गर्नुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित