काठमाडौँ, १४ वैशाख (रासस) ः नेपाल र हङ्गेरीबीचको व्यापारिक सम्बन्ध सुमधुर बनाउने उद्देश्यले नेपालमा पहिलो पटक ‘नेपाल हङ्गेरी चेम्बर अफ कमर्श’को स्थापना भएको छ ।
आपूर्तिमन्त्री मात्रिका यादवले नेपाल हङ्गेरी चेम्बर अफ कमर्शको आज यहाँ उद्घाटन गर्नुभएको हो ।
रामकुमार थापाको अध्यक्षतामा एघार सदस्यीय कार्य समितिसहित चेम्बर अफ कमर्शको स्थापना भएको हो । त्यसैगरी उपाध्यक्षमा धर्मराज शाक्य, सचिवमा रुद्र पौड्याललगायत रहनुभएको छ ।
संस्थाका सल्लाहकार कृष्ण मल्लले नेपाली चलचित्रलाई व्यापारीकरण गरी आर्थिक आम्दानी गर्नुपर्नेमा जोड दिनुभयो ।
रासस





