सिन्डिकेट अन्त्यको निर्णयबाट सरकार पछि नहट्ने

खजुरा, बाँके- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बाँके जिल्लाको समग्र विकाससँगै यस क्षेत्रका सडक तथा अन्य विकास निर्माणको कार्यले तीव्रता पाउने बताउनुभएको छ ।

नेकपा एमाले बाँकेद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले यातायातको क्षेत्रमा सिन्डिकेट अन्त्यका लागि गरिएको निर्णयबाट सरकार कुनै पनि अवस्थामा पछि नहट्ने जिकिर गर्दै भन्नुभयो, “सिन्डिकेट अन्त्यपछि अब कार्ययोजना बनाएर यातायात सुधारका लागि मन्त्रालय अघि बढछ ।”

उहाँले वर्तमान सरकारको सपना तथा योजना पूरा गर्नका लागि सबैको सहयोगको आवश्यकता रहेको औँल्याउनुभयो ।

त्यस अवसरमा नेकपा एमाले बाँके जिल्लाका अध्यक्ष अशोक कोइरालाले बाँकेवासीका तर्फबाट जिल्लामा राप्ती नदी र मानखोलाको कटान नियन्त्रण, हुलाकी सडक निर्माणमा सक्रियता, राप्तीपारि क्षेत्रमा सडक र विद्युतीकरणसहित जिल्लामा सडक निर्माणको विषयमा ध्यानाकर्षण गराउँदै छिटोभन्दा छिटो कार्य सम्पन्नका लागि माग गर्नुभएको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित