न्यु हेम्प्शायर । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकाको बिभिन्न राज्यहरुमा किरात राईहरुको महान् चाड साकेला (उभौली) भब्य रुपमा मनाउने भएको छ । साकेलालाई भव्यता पुर्वक मनाउन बिभिन्न समितिहरु गठन गरिएको र उक्त समितिहरुले आ–आफ्नो तोकिएको काम सम्पन्न गरि रहेको कुरा अर्गनाइजेसनका सभापति बिष्णु राईले बताएका छन् ।
उनका अनुसार केन्द्रिय समितिले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा डी एम भी पी(वाशिङ्गटन डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभानिया) लोकल च्याप्टरसंग संयुक्त रुपमा साकेला मनाउने भएको छ भने लोकल च्याप्टरहरु न्युयोर्क, न्युजर्सीले क्विन्स ब्रिज पार्क न्यु योर्कमा, न्यु इंग्ल्याण्ड ९म्यासाच्युसेट्स, न्यु हेम्प्शायर, कनेक्टिकट० लोकल च्याप्टरले बोस्टनमा, क्यालिफोर्निया लोकल च्याप्टरले सानफ्रान्सिस्कोमा कार्यक्रम गर्ने भएको छ ।
सल्लाहकार तथा साकेला कार्यक्रमको केन्द्रिय संयोजक मिलन राईका अनुसार कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर हन्ट भ्याली स्थित होटल म्यारियटको कन्भेन्सन हलमा अर्गनाइजेसनको कन्भेन्सन मे २६, २०१८ हुने र साकेला कार्यक्रम भ्याली स्टेट पार्क उडलावनमा मे २७, २०१८ मा हुने भएको छ ।
साकेलामा आउने पाहुनाहरुको लागि सोहि होटलमा कोठाहरु बुक गरिएको छ । प्रमुख अतिथि अमेरिका स्थित नेपाली राजदूतलाई निमन्त्रणा पठाई सकिएको कुरा उनले जानकारी दिएका छन् । अर्गनाइजेसनका केन्द्रिय उप सभापति मुना राईका अनुसार अमेरिकामा जन्मेका वा नेपालबाट सानो उमेरमा अमेरिका आएर स्कुल कलेज पढ्ने बिद्यार्थी हरुलाई किरात मुन्धुम, साकेलाको महत्व र तीन चुलाको महत्व सम्बन्धि बिभिन्न लेख रचना वा स्पीचको लागि आव्हान गरिएको छ । सल्लाहकार शिव कुमार राईका अनुसार विभिन्न स्कुल तथा कलेजमा ग्राजुएसन गर्नेहरुलाई तथा अर्गनाइजेसनको संरक्षक आजीवन मानार्थ सदस्यहरुलाई प्रमाण पत्र दिइने छ ।
सलाहकार धौलबीर राइको अनुसार बिभिन्न राज्यदेखि आएर साकेला पर्फर्मेन्स गर्ने टोली हरुलाई तयारी अवस्थामा राखिएको छ । न्यु इंग्ल्याण्ड च्याप्टरका अध्यक्ष मुक्ति नारायण राईका अनुसार मे १९, २०१८ बोस्टनमा हुने कार्यक्रमको लागि बोस्टन र न्यु हेम्प्शायारमा योङ्ग जेनेरेशनहरुले साकेला सिल्लीको अभ्यास गरि रहेका छन् ।
प्रत्येक वर्ष साकेलाको उपलक्षमा गरिने रक्तदान कार्यक्रम अमेरिकी रेडक्रसको व्यस्तताले गर्दा सेप्टेम्बरमा गरिने भएको छ । यसरि नै क्यालिफोर्निया लोकल च्याप्टरबाट बोर्ड मेम्बर जी एस राइका अनुसार सम्पूर्ण नेपाली संघ संगठनहरुलाई निमन्त्रणा गरिने र भब्यरुपमा जुन ९, २०१८ मा साकेला गर्ने कार्यक्रम रहेको छ । न्यु योर्क लोकल च्याप्टरका अध्यक्ष केशब राम राईका अनुसार न्युयोर्कमा जुन २३,२०१८ मा साकेलाको मैजारो गरिने भएको छ । उहाका अनुसार नक्छुंगको ब्यबस्था भुटानी कम्युनिटीबाट गरिने छ ।





