प्यूठान — प्युठानमा चट्याङ लागेर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङले प्यूठान नगरपालिका–१० मरन्ठाना बल्देका शिव बहादर विकका ८ वर्षीया छोरी विमला विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते विकलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन् ।





