मोरङ । हतियार, लागूऔषध, लगायत संकास्पद पदार्थसहित ७ जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
भारत बिहार अररिया बतनाहा बस्ने ३० वर्षीय प्रमोद भन्ने बिनोद यादवसहित ७ जना भारतीय नागरिकहरुलाई मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, गोली ६ राउण्ड सहित सुरक्षाका लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुबाट विभिन्न कम्पनीका मोबाईल ६ थान, नगद ८१ हजार तथा लागूऔषध पनि प्रहरीले बरामद गरेको छ ।
एभिल १ हजार ७ सय ७५ एम्पुल, डाईजेल्याव ५ सय एम्पुल, स्पास्मो प्रोक्सिभन १ हजार ७ सय ७६ थान, नाइट्रोसन ट्याब्लेट ७ सय २५ थान, लुपिजेसिक ५ सय २५ एम्पुल, फेनारगन १ सय २५ एम्पुल र डाईलेक्स डिसि १३ बोतल सहित प्रहरीले उनीहरुबाट बरामद गरेको छ । बिराटनगर महानगरपालिका–४ स्थित नहरको छेउमा मंगलबार शंकास्पद रुपमा रहेका यादव सहित ७ जना भारतीय नागरिकहरुलाई प्रहरीले पक्राउ गरी खानतलासी गर्दा यादवको साथबाट उक्त हतियार तथा लागूऔषध बरामद भएको थियो ।प्रहरीले उनीहरु सवार भारतीय नम्बर प्लेटको ३ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





