Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
काठमाण्डौ -यो दरबार चन्द्र शमसेरले इन्जिनियरहरु कुमारनरसिंह राणा र किशोरनरसिंह राणाद्वारा बनाउन लगाए र माहिला छोरा मेजर जनरल बबर शमसेरलाई तोकिदिएका थिए । यो महल भएको ठाउँमा त्यसभन्दा अघिसम्म थापाथलीको नामले चिनिन्थ्यो । बबर शमसेरको नाममा दरबारको नामाकरण भएपछि सो स्थानको नाम नै बबरमहल रहन गयो । वि.सं. १९९० सालको महाभूकम्पले दरबारलाई निकै अपूरणीय क्षति पु¥याएको थियो । पछि बबर शमसेरले यस दरबारको पुनर्निर्माण गराउन लगाए । वि.सं. २००७ सालको प्रजातन्त्रपछि बबर शमसेर रक्षामन्त्री भए तर त्यसको केही दिनमै देश छोडी सदाको लागि भारतको बैंग्लोर पलायन भएपछि यो दरबार अधिग्रहणमा प¥यो । हाल यो दरबारमा नेपाल सरकारका विभिन्न कार्यालयहरु छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





