Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
काठमाण्डौ-अन्ततः ‘छक्का पञ्जा’ को तेस्रो श्रृंखलाका लागि लिड नायिका फाइनल गरिएको छ । लगातार दुई सिरिजमा अभिनेत्री प्रियंका कार्की र अभिनेता तथा लेखक दीपकराज गिरीको जोडी बाँधिएको छ ।
यसपटक भने दीपकको अपोजिटमा ‘ऐश्वर्य’ फेम अभिनेत्री दीपिका प्रसाईँ फाइनल भएकी छिन् । फिल्म ‘ऐश्वर्य’ मा उनको अभिनय र सुन्दरताको सबैभन्दा धेरै तारिफ भएको थियो । दीपकराजले बोल्ड एन्ड ब्यूटी नायिका चाहिएको हुँदा दीपिका रोजेको जानकारी दिएका छन् । दशैंको फूलपातीमा प्रदर्शनमा ल्याउने गरि यस फिल्मको बैशाख १७ गतेबाट छायांकन सुरु हुँदैछ ।‘छक्का पञ्जा’ को दुबै श्रृंखलामा अटेकी अभिनेत्री वर्षा राउत यसको तेस्रो भागबाट भने बाहिरिएकी छिन् । यस्तै, ‘छक्का पञ्जा २’ मा प्रमुख भूमिका निर्वाहा गरेकी अभिनेत्री स्वस्तिमा खड्का पनि दीपक-दीपाको क्याम्पबाट ‘आउट’ भएकी छिन् । प्रियंकाको भने विशेष भूमिका रहने निर्माण टिमले जानकारी दिएको छ । ‘छक्का पञ्जा ३’ लाई दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् ।
जितु नेपाल, केदार घिमिरे, वुद्दि तामाङलगायतका केही कलाकार भने यथावत रहेका छन् । पोखरा र दमौलीमा खिचिने फिल्मको छायाँकारमा पुरुषोत्तम प्रधान छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





