गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
सुर्खेतः पञ्चपुरी नगरपालिका–३ चौरकी गोरीकला रोकायको हत्या अभियोगमा पक्राउ परेका तीनजनालाई जेल चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले मंगलबार दिएको आदेशअनुसार अभियुक्त तीनै जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार थप प्रमाणहरु अदालतमा पेश गरेसँगै मुद्दामाथि मंगलबार प्रारम्भिक सुनुवाइ भएको थियो । थुनछेक आदेशका लागि भएको सुनुवाइका क्रममा अदालतले उनीहरुमाथि थुनी कारवाही गर्न आदेश दिएको जिल्ला अदालत सुर्खेतका श्रेष्तेदार वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । जेल चलान गरिएकाहरु दैलेख स्थानीय घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान हरि कोइराला, पञ्चपुरी–८ माँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोला रहेका छन् । मल्लका अनुसार उनीहरुलाई मंगलबार नै जिल्ला कारागार सुर्खेतमा राखिएको छ । अदालतमा लक्ष्मी र खुमप्रसादको तर्फबाट अधिवक्ता धर्मानन्द नाथ र कोइरालाको तर्फबाट अधिवक्ता भुषण मानन्धरले बहस गरेका थिए । गोरीकलाको तर्फबाट सरकारी वकिल रत्नप्रकाश गिरीले बहस गरेको श्रेष्तेदार मल्लले जानकारी दिए । गोरीकला हत्या अभियोगमा पक्राउ परेका तीन जनामाथि जवरजस्ती करणी र कतव्र्य ज्यान मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए । एसईई परीक्षा दिने क्रममा पञ्चपुरी–५ बाबियाचौंरस्थित डेरामा बस्दै आएकी गोरीकला गत चैत १३ गते मृत भेटिएकी थिइन् । आफन्तले बलात्कारपछि हत्या गरिएको भन्दै मुद्दा दायर गरेका थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
गोरीकला हत्या प्रकरणमा तीन जना जेल चलान
गोरीकला हत्या प्रकरणमा तीन जना जेल चलान
तपाईको प्रतिक्रिया





