Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, आगामी मे ३ तारिखका दिन बेलायतमा स्थामीय तहको निर्वाचन हुन गइरहेको छ । यसबेला बेलायती राजनीतिमा नेपालीहरुको पनि निकै चासो बढ्दै गइरहेको छ । उक्त निर्वाचनमा पश्चिम लण्डनस्थित फेल्थम र हेस्टन क्षेत्रको लागि भूपू गोर्खा सैनिक आनन्द राई कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलरको उमेद्वार बनेका छन् । उनि लामो समयदेखि सामाजीक सेवामा समर्पित रहँदै आएका छन् । गोर्खा सैनिकमा रहंदा प्राप्त ज्ञान, शीप, अनुभव र कार्यकुशालतालाई समाजको हितको लागि समर्पण गर्ने उद्देश्यले कन्जरभेटिभ पार्टीप्रति आकर्षित भएका राईले फकल्याण्ड, इराक,अफगानिस्थान जस्ता देशहरुको बारेमा पनि राम्रो अनुभव बटुलिसकेका छन् ।
साथै गैरसरकारी संस्थाहरुमा समेत आवद्ध रहेर थुप्रै काम गरिसकेकाछन । डेढ दशकभन्दा बढी समय फेल्थममा नै बिताइसकेका राईले सामाज विरोधी गतिबिधी, घरेलु हिँसा, बृद्धहरु तथा केटाकेटीहरुको स्वास्थ्य एवं सुरक्ष्या, लागू औषध तथा मध्यपान जस्ता विषयहरुलाई महत्वपूर्ण रुपमा अगाडि बढाउने बताएका छन् । हाल उक्त क्षेत्रमा ब्रिटिश, अफ्रिकन, यूरोपियन, एसियन, मध्ये पूर्व लगायत संसारभरिकै व्यक्तिहरुको बसोवास रहँदै आएको छ । तेस्ता मिश्रित समूदायका व्यक्तिहरुसंग मिलेर अगाडि बढ्ने र उनीहरुलाई आवश्यक सहयोगको पहल गर्न आफू योग्य रहेको उनको धारणा छ ।
लामो समयदेखि उनिहरुसंगको सहकार्यले गर्दा आफूलाई काम गर्न सहज हुने र उनीहरुको विश्वास प्राप्त गर्न सक्ने राईले बताएका छन् । समाजसेवामा नेपाल र नेपाली समाजप्रति पनि समर्पित रहेका राईले सबैको सहयोग पाउने आशा राख्दै सबैलाई सहयोग गर्नको लागि अनुरोध गरेका छन् । यतिबेला उनि चुनावी प्रचार प्रसारको अभियानमा निकै ब्यस्त रहँदै आएका छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





