मेयरमाथि आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

भक्तपुर, – रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

आज श्रेष्ठको स्वास्थ्य अबस्थाबारे बुझ्न मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरियामैत्री अस्पताल पुग्नु भएका मन्त्री पोखरेलले प्रजिअ द्रोण पोखरेल र प्रहरी परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण राणालाई फोनबाट यस्तो निर्देशन दिनुभएको हो ।

शनिबार साँझ चार जनाका समूहमा आएका व्यक्तिको आक्रमणमा परी घाइते भएका नगरप्रमुख श्रेष्ठसँग घटनाबारे जानकारी लिदैं मन्त्री पोखरेलले आक्रमण हुदाँको दृश्य मोबाइल र सिसी क्यामराको माध्यमबाट हेरर आक्रमणकारी चिन्न सकिने अवस्थामा हुँदाहुँदै पनि घटना भएको ४८ घन्टासम्म प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले गृह मन्त्रीलाई भेटेर यसबारे जानकारी गराउने समेत बताउनुभयो ।

यसैगरी आजै साँझ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रमुख श्रेष्ठको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै आक्रमणकारीलाई तत्काल पक्राउ गर्न र प्रमुख श्रेष्ठको सुरक्षाको व्यवस्था गर्न आफूले पहल गर्ने बताउनुभयो ।

यसैगरी आजै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र लगायतले नगर प्रमुख श्रेष्ठलाई अस्पतालमा आएर भेटी उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको थियो ।
रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित