Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, आगामी मे ३ तारिखका दिन बेलायतमा स्थामीय तहको निर्वाचन हुन गइरहेको छ । बेलायतमा बढ्दो नेपाली जनघनत्वसंगै यहाँका हरेक क्षेत्रमा नेपालीहरुको पनि बाहुल्यता उत्तिकै बढ्दै गैरहेको छ, चाहे त्यो बौद्धिक क्षेत्र होस् अथवा अन्य जुनसुकै क्षेत्र किन नहोस । त्यस्तैगरि राजनीतिक क्षेत्रामा पनि नेपालीहरुको राम्रै पकड रहँदै आइरहेको छ । पश्चिम लन्डनस्थित हानवर्थ पार्कबाट एकजना भूतपुर्व गोर्खा सैनिक बिष्णु बहादुर गुरुङ लेबर पार्टीका तर्फबाट दोस्रो पटक काउन्सिलरको पदमा उमेद्वार भएका छन् । गुरुङ यस अघि पनि सन् २०१४ मा सोहि स्थानबाट निर्वाचित भएर डेपुटी मेयर समेत भैसकेका छन् । लेवर पार्टीको निरन्तर रुपमा पकड रहँदै आएको उक्त क्षेत्रमा आफ्नो विजय सुनिस्चित रहेको गुरुंगको दावी रहेको छ ।
स्थानीय वासिन्दाहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफूले जुसुकै बेला पनि सक्दो सहयोग गर्न पछी नपरेको र स्थानीयहरूसंगको राम्रो सम्बन्धका कारणले पनि यसपटक आफूले पुन: टिकट पाएको उनको धारणा छ । आफू क्वालिटी अफ लाइफ, रोड, हाउनिङ र स्थानीय स्कुलहरुको सुधारलगायतका चुनावी एजेन्डा सहित अगाडी बढेको बताएका छन् । ब्रिगेड अफ गोर्खाजमा लामो समय सेवा गरेका उनी गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष रहेका गुरुङ देवाचन बुद्धिष्ट सेन्टर यूकेसंग पनि सम्बन्धित छन् । तेस्तैगरि आर्म फोर्सेस च्यारिटी (SSAFA) को ‘केस वर्कर’ रहेका गुरुङ अन्य धेरै संघसंस्थामा स्वयंसेवी भूमिकामा पनि संलग्न रहँदै आएका छन् । काउन्सिलर निर्वाचित भएपछि गुरूङले स्थानीय क्षेत्रमा सवारीको गतिमा नियन्त्रण गर्ने उद्देश्यले वडामा २० माइल प्रति घण्टा ‘स्पीड लिमिट’ गराउनको लागि महत्वपूर्ण भूमिका निभाएका छन् ।
आफ्नो क्षेत्र अन्तर्गत वृक्षारोपण र पार्क फिल्ड क्रिसेन्ट तथा वरपर माइक्रो सर्फेसिङ, ब्रिज हाउस पोण्ड फेल्थामको स्तरोन्नति गर्न एसोसिएसन स्थापना, सबै समुदायलाई सहभागी गराइ फेल्थाम रिमेम्बरेन्स परेड जस्ता थुप्रै क्रियाकलापहरु गर्दै आएका छन् । निर्वाचनको अवधि नजिकिंदै गर्दा गुरुङ यतिबेला चुनावी दौडमा ब्यस्त रहँदै आएका छन् । नेपालीहरुको बाक्लो बस्ति भएको हुँदा विशेषगरि नेपाली समूदायको लागि के कस्तो भूमिका निर्वाह गर्नुभएको छ त भन्ने प्रश्नमा गुरुङ भन्छन, खासगरी नेपाली भूपू गोर्खा सैनिकहरुलाई पर्दै आइरहेका समस्याहरु हाउजिंग लगायतका विषयमा आफूहरुले पाउने विभिन्न सुविधाहरुको लागि पनि आवश्यक परामर्श र सल्लाह सुझाव दिंदै आएको बताएका छन् ।
हानवर्थमा रहेको निकै पूरानो संरचना हानवर्थ हाउसलाई पनि सम्रक्ष्यण गर्ने लक्ष्य रहेको गुरुंगले बताएका छन् । स्थानीय वासिन्दाको सुविधालाई मध्यनजर गर्दै भर्खरैमात्र सनवरीमा H25 बसको नयाँ स्टपलाई संचालन ल्याएको र भविष्यमा पनि अन्य स्थानहरुमा आवश्यक परेमा तेसको लागि कदम चाल्दै जाने गुरुंगले बताएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





