काठमाण्डौ-बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘ह्याप्पी डेज’ ले यतिबेला आफ्नो प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा यसको निर्माण टिमले उपत्यकामा रथ यात्रा गर्ने भएको छ ।
गीतसंगीत र ट्रेलरले चर्चामा रहेको यो फिल्मको थप हाइप सृजना गर्न कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा रथ चढाएर घुमाइने निर्देशक मिलन चाम्सले जानकारी दिए ।
१० गते, सोमबार विहान १० बजे लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत हुनेछ । यसपछि पुनः रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने छ ।
फिल्मप्रति दर्शकमा कौतुहलता सृजना गर्न पछिल्लो समय नयाँ तरिकाको प्रचार शैली अपनाइदै गर्दा ‘ह्याप्पी डेज’ को रथ यात्राले दर्शकमा सकारात्मक सन्देश प्रवाह गर्ने निर्देशक चाम्सले विश्वास छ ।
चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।
साढे २ करोडको बजेटमा निर्माण भएको फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





