काठमाडौं । प्रहरीले भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध यूएस डलर र चिनियाँ यूआनसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।
विमानस्थल प्रहरीका अनुसार ३८ हजार एक सय यूआन र १९ हजार ९ अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।
उनी विमान बंगलादेशको फ्लाट नं. बीई ०७२ बाट उड्ने तयारीमा थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





