काठमाडौँ, करेन्ट पब्लिकेसन्सद्वारा प्रकाशित नेपाली भाषामा अनूदित एक दर्जन चिनियाँ लोककथा र समसामयिक पुस्तकहरुको आज यहाँ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले विमोचन गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले चिनियाँ अनुदित पुस्तकले चिनियाँ संस्कृतिको जानकारी गराउनुका साथै जनता–जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने बताउनुभयो ।
उहाँले नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहेको जनाउँदै सरकार–सरकारका बीचमा समस्या आए पनि जनता जनताबीचको सम्बन्धले आपसमा सहजता ल्याउने उल्लेख गर्नुभयो ।
चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई, पब्लिकेसन्सका अध्यक्ष किरण गौतम, साहित्यिक पत्रकार रोचक घिमिरेले विमोचित पुस्तकहरुबारे टिप्पणी गर्नुभएको थियो ।
रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





