Home > Blog > डोटी जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

डोटी जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

डोटी- डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल छन् ।

यसअघि शिखर–३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते रहेका १४ जनामध्ये एक जनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । शनिबार अपराह्न दिपायलबाट शिखर–३ जोरागाउँ जान लागेको ग १ ख ५२७५ नंको बोलेरो जीप दुर्घटना भएको थियो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

पाँच वर्षमा पाँच हजार मेगावाटः प्रसारण लाइन उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा …