Breaking News
Home > Blog > कलाकार दीपकसँग हाम्रो कुरा

कलाकार दीपकसँग हाम्रो कुरा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ -जीवनचक्र , फिरन्ते ,यातना ,उद्घाटन ,थोरै भए पुगिसरी ,सुनौलो संसार , तीतो सत्य,जीरे खुर्सानी , मेरी बास्सैजस्ता थुप्रै टेलिसिरियलहरुमा र ६ एकान ६ , वडा नं. ६ , छक्का पञ्जा १ , छक्का पञ्जा २ ,सहिदजस्ता ठूला चलचित्रहरुमा समेत अभिनय गरेका कलाकार दीपक शर्मालाई पछिल्लो समयमा पर्दामा पहिले जस्तो देख्न सकिँदैन । उनी पछिल्लो समयमा सारङ्गी , हार्मोनियम ,मादल , डम्फूजस्ता वाद्यवादनका साधनसँग दिन बिताउने गर्दछन् ।
हामीले दिपकसँग गरेको अन्तरङ्ग कुराकानीलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ः–

यहाँलाई पहिले पर्दामा जति देखिन्थ्यो त्यति देख्न पाइँदैन , कारण के होला ?
– पहिले थुप्रै सिरियलहरुमा अभिनय गरेँ , कुनै कुनै सिरियलको निर्देशन सहयोगी समेत बनेर काम गरेँ । अनि नेपाल टेलिभिजनबाट प्रशारण हुने पहिलेका जस्ता सिरियलहरु पनि अहिले बन्न सकेका छैनन् ।फेरि आफ्नो व्यवसाय पनि त्यस्तै छ ,खासै फुर्सद पनि मिल्दैन ।
अनि थुप्रै सिरियल भन्नुभो , कुनकुन सिरियलमा अभिनय गर्नुभो ?
–मैले यातना ,उद्घाटन ,थोरै भए पुगिसरी ,फिरन्ते , सुनौलो संसार ,जीवनचक्र , तीतो सत्य , जीरे खुर्सानी , मेरी बास्सै जस्ता सिरियलहरुमा अभिनय गरेँ ।
ठूलो पर्दाका चलचित्रहरुमा पनि अभिनय गर्नुभो यहाँले , कुन कुन चलचित्रमा देख्न पाउँछौँ तपाईलाई ?
– मैले सहिद , ६ एकान ६ , वडा नम्बर ६ त्यस्तै छक्का पञ्जाका दुइटै फिल्ममा अभिनय गरेको छु ।
सारङ्गी ,हार्मोनियम , मादल ,डम्फू पनि राख्नुभाछ ,आफै बजाउनुहुन्छ?
– हजुर , म अहिले सिक्दै छु ।
कसरी लाग्नुभयो यो बाजातिर ?
–मैले नेपाली भाषा , लोक बाजाहरुलाई , लोकसंस्कृतिलाई सधैँ माया गर्छु । यस्ता बाजाहरु बजाउने मेरो शोख हो । मलाई यसप्रति पहिलेदेखि नै इन्ट्रेस्ट थियो तर सिक्ने मौका मिलेको थिएन । अहिले सिक्दै छु ।
यसको प्रेरणा कोही छ कि ?
– प्रेरणा त थुप्रै हुनुहुन्छ । अरुले बजाएको देख्दा मैले पनि यसरी बजाउन सक्ने हुन पाए भन्ने लाग्थ्यो । अनि खड्ग गन्धर्व गुरु मेरो साथी पनि हो ,उहाँबाट सिक्ने मौका पाएँ ।
कुनै कार्यक्रमहरुमा जानुहुन्छ सारङ्गी , हार्मोनियम बजाउन ?
–म शोखको लागि बजाउन थालेको हुँ त्यस्तो कुनै लक्ष्यले होइन त्यसैले अहिलेसम्म गएको छैन ।
अनि अब कुनै चलचित्रमा सिरियलहरुमा तपाईँलाई देख्न पाइन्छ कि पाइँदैन ?
– समय मिल्यो भन,े मेसो मिल्यो भने अवश्य देख्न पाउनुहुनेछ ।
स्टेज प्रोग्रामहरुमा जानुहुन्छ कि नाइ ?
– धेरै पटक विदेश गएँ पहिले पहिले देशभित्रैका कार्यक्रमहरुमा पनि गएँ अहिले चाहिँ खासै हिँडेको छैन ।

Posted by Deepak Sharma on Friday, April 20, 2018

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1