बागलुङ–जिल्लाको बुर्तिवाङमा सञ्चालित प्रथम ढोरपाटन महोत्सव शुक्रबार सम्पन्न भएको छ । बिबिध प्रतियोगितात्मक कार्यक्रमहरु पुरस्कार बितरण गर्दै महोत्सवको समापन गरिएको हो । महोत्सवको अवसरमा आयोजना गरिएका बिबिध बिधाका प्रतियोगितामा उत्कृष्ट हुने व्यक्ति तथा समुहलाई सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले एकसाथ पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा पुर्व सांसद ज्ञानकुमारी छन्त्याल, ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली, तमानखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, निसीखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा र बडीगाड गाउपालिका अध्यक्ष मेहर सिँह पाईजाले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
समापन समारोमा ढोरपाटन नगर प्रमुख नगरप्रमुुख देवकुमार नेपाली तथा तिनवटै गाउँपालिकाका प्रमुखहरुले समापन मन्तव्य राखेका थिए । ढोरपाटन महोत्सव मुल समारोकका अध्यक्ष एवं बालुङ उद्योगा बाणिज्य संघ बुर्तिवाङ ईकाईका अध्यक्ष चिन्तामणी शमोको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको सन्चालन ईकाईका महासचिव राम सुवेदीले गरेका थिए । कार्यक्रम महोत्सवका सहयोगी संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । महोत्सवको समापन भएपनि व्यापार मेला भने शनिवार सम्म जारी रहने महासचिव सुवेदीले जानकारी दिए । बुर्तिवाङमा सन्चालित प्रथम ढोरपाटन महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
महोत्सवमा कराँते, महिला पुरुष भलिबल, ताराखेल लगायतका खेलकूद प्रतियोगिताहरु, लोक दोहोरीगीत प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुव्दारा सांगीतिक प्रस्तुति दिएका थिए । महोत्सव अपेक्षा गरिए भन्दा सफल र आकर्शक रहेको दर्शकहरुको मुल्यांकन रहेको आयोजकले जनााएको छ
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
सकियो पहिलो ढोरपाटन् महोत्सव
सकियो पहिलो ढोरपाटन् महोत्सव
तपाईको प्रतिक्रिया





